जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न


ताप्लेजुङ । ताप्लेजुङमा स्थानीय जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ताप्लेजुङको आयोजनामा रसायनिक मलको बढ्दो प्रयोगलाई नियन्त्रण गरि स्थानिय स्तरमा पाईने जडिबुटीको प्रयोग गरि विषादी बनाउने कुरालाई प्रोत्साहन गर्न एक दिने स्थानिय जडिबुटीबाट तयार गरिने विषादी प्रदर्शन तालिम सम्पन्न भएको हो ।


पछिल्लो समय रसायनिक मलको बढ्दो प्रयोगसँगै मानव स्वास्थयमा त्यस्को प्रत्यक्ष असर देखा पर्न थालेकाले स्थानिय जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम गरिएको परियोजना कार्यान्वयन ईकाई प्रमुख काशिराम पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार स्थानिय स्तरमा पाईने लसुन,सुर्ती,हरियो खुसार्नी,निमको पात,बकाईको पात, कालिझार, सिस्नो,हात्तिबार, सिमली,तितेपाती, अङ्गेरीको पात, असुरो, बोझो, टिम्मुरको पात लगायत जडिबुटीको पत्ताको बराबर मात्रालाई काटेर गाईको गहुँतमा हालेर प्लाष्टिकको भाँडामा छोपेर राखेको करिब तिन सातामा उत्त विषादी प्र्रयोग गर्न योग्य हुन्छ ।


यसरी स्थानियस्तरमा नै पाईने जडिबुटीेको विषादी बनाएर प्रयोग गर्दा पैसाको बचत सँगै मानव स्वास्थ्यलाई समेत फाईदा पुग्ने भएकाले परियोजना एकाईले पहिलो चरणमा १७ जना कृषकलाई तालिम दिएको बताईएको छ ।


बालीनालिमा रसायनिक मलको प्रयोगले प्रत्यक्ष मानव स्वास्थ्यसँगै विभिन्न जिव जनावरको विनाश हुने भएकाले त्यस्ले पारिस्थितिकी प्रणालीमा असर पु¥याउनुका साथै कृषकले उत्पादन गरेका कृषि उपज विषादी कै कारण अन्य देश निर्यात नहुने स्थितिको सृजना हुन सक्ने भन्दै सबैले यसतर्फ समय मै ध्यान पु¥याउन आवश्यक रहेकोमा ईकाई प्रमुख पाण्डेले जोड दिए ।

त्यस्तै प्रदर्शन तालिममा विषादी बनाउने र प्रयोग बारे विषादी विज्ञबाट उपायहरु बताईएको थियो ।


सहभागीहरुले विषादी सजिलै वनाउन सक्ने र स्वास्थ्यलाई फाईदा पुग्ने भएकाले अन्य छिमेकीलाई समेत घर गाउँ मै जडिबुटीको प्रयोग गरि विषादी बनाउन सिकाउने बताएका छन् ।

तालिमा विषादी वनाउन प्रयोग हुने दुई वटा ड्रम सहभागि कृषकहरुलाई वितरण गरिएको थियो भने सहभागीलाई विभिन्न जरिबुटी ल्लाएर विषादी वनउने नमुना (डेमो) समेत देखाईएको थयो । त्यस्तै प्रदर्शन तालिममा विषादी बनाउने र प्रयोग बारे विषादी विज्ञबाट उपायहरु बताईएको थियो ।


प्रतिक्रिया दिनुहोस्