डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा निशुल्क बिरुवा वितरण

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले शनिबार निशुल्क रुपमा बिरुवा वितरण अभियान सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयले तेज पात,मयुर पङ्खी, सल्लो साथै विभिन्न प्रजातिका बिरुवा निशुल्क रुपमा वितरण गर्ने अभियान सञ्चालन गरेको हो ।


डिभिजन वन कार्यालयमा निशुल्क बिरुवा पाउने भएपनि स्थानीय जनतालाई थाहा नहुने भएकाले शनिबार लाग्ने हाटमा ल्याएर बिरुवा वितरण गरिएको डिभिजन वन कार्यलयत ताप्लेजुङका प्रमुख बद्रि प्रसाद शाहले बताएका छन् ।


घर वरपरको वातावरण हरभरा वनाउन साथै वातावरणको संरक्षण गर्न र डिभिजन वन कार्यालयमा विभिन्न फल फुल तथा घाँसका बिरुवा निशुल्क रुपमा पाईने गर्छ भन्ने जानकारी दिन पनि हाटमा विरुवा वितरण अभियान नै चलाईएको प्रमुख शाहको भनाई छ ।


उनका अनुसार निशुल्क विरुवा वितरणको तेस्रो हप्ता शनिबार ( आज) पनि प्रमुख शाह सहित कार्यालयका अन्य कर्मचारीले पाँच सय वटा बिरुवा हाटमा ल्याएर स्थानियलाई वितरण गरिएको छ ।


अन्य समयमा पनि फलफुल साथै विभिन्न घाँसका बिरुवा डिभिजन वन कार्यालयमा पाईने भएकाले फुङलिङ नगरपालिका वडा नंं ४ पाथीभरा चोकमा रहेको डिभिजनको कार्यालयमा आएर बिरुवा लगि आफ्नो स्थानलाई हराभरा बनाउन साथै वातारण संरक्षणमा टेवा पु¥याउन कार्यलयको स्थानीयलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्