नेयमारले रसिया विश्वकपमा नेतृत्व लिनु पर्ने पेलेको विश्वास

रियो डि जेनेरियो, ४ बैशाख / रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा ७–१ को लज्जास्पद हार बेर्होदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो ।

फाइल तस्बिर

तर, चोटका कारण नेयमारले त्यो सेमिफाइनल गुमाएका थिए । त्यति बेला पनि नेयमारबाट ठूलो अपेक्षा गरिएको थियो । नेयमारले फेरि एकपटक ब्राजिललाई विश्वकप जित्ने मौका पाएको पेलेले बताएका छन् । उनले दोस्रो मौका पाएका छन् । ब्राजिलमा जे भयो त्यो दुर्भाग्यपूर्ण थियो । पछिल्लो विश्व कपमा नेयमार घाइते भए र ब्राजिल पराजित भयो,’ पेलेले अगाडि भने : मलाई लाग्छ त्यसको पिडा बिर्साउन फेरि एकपटक मौका उनीसँग छ । उनी राम्रो खेलाडी भएकोमा दुई मत छ । हेरौ ब्राजिललाई विश्वकप दिलाउन उनको भूमिका कस्तो रहन्छ ।

ब्राजिलका उत्कृष्ट खेलाडी युरोपमा रहेकाले सामूहिक प्रदर्शनका लागि केहि समय मेहेनत गर्ने पर्ने पेलेको सुझाव छ । ‘ हाम्रो प्रशिक्षक टिटेले टोलीलाई सेटअप गर्न केहि समय लिनुपर्दछ । सेट अपका लागि अझै तीन महिना बाँकी छ,’ पेलेले थपे,‘ टिटे राम्रो प्रशिक्षक हुन् । यद्दपी उनले टोलीसँग लामो समय काम गर्ने अवसर पाएका छैनन् । यो पनि उनका लागि पर्याप्त समय नहुन सक्छ । तर व्यक्तिगत क्षमताका आधारमा हरेक खेलाडीलाई हेर्ने हो भने ब्राजिल विश्वकपको फाइनल पुग्ने क्षमता भएको टोली हो । पेले आफ्नो खेल जीवनमा सबैभन्दा बढी तीन पटक विश्व कप जितेका छन् । कतिले उनलाई फुटबल इतिहासबै सबैभन्दा उत्कृष्ट खेलाडी पनि मान्छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्