लागूऔषध सहित नागढुंगाबाट १ युवक पक्राउ

६ फागुन, काठमाडौं । नागढुंगा प्रहरी प्रभागले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरको धनुषाका २० वर्षीय चन्द्र वंशी छन् ।

नवलपरासीबाट काठमाडौं आउँदै गरेको ना ५ ख १८१९ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट ४ सय २६ ट्यावलेट नाइट्रोजापाम, ३६ ट्यावलेट ट्रामाडोल र १ वोतल कोरेक्स बरामद गरिएको बताइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्