दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

सोल / दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उहाँलाई अपहरण गरिएको थियो ।


यसरी अपहरण गरी उहाँलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बस्नुभएको पनि जनाइएको थियो । चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उहाँलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्