इयूद्वारा अमेरिका स्टिल र आल्मुनियम कर नीतिबारे डब्लुटिओमा छलफल गर्ने

जेनेभा, स्वीट्जरल्याण्ड / यूरोपेली यूनियन (इयू)ले सोमबार संयुक्त राज्य अमेरिकालाई पछिल्लो समय चर्चामा रहेको अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार विमर्श गर्न विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा भेट्ने आग्रह गरेको डब्लुटिओ स्रोतले मङ्गलबार जनाएको छ । अमेरिकाले अवलम्बन गरेको सुरक्षाका लागि गरेको भनिएको स्टिल र आन्मुनियममा आयातमा लिइएको कर नीति महत्वपूर्ण आधार नभएको इयूले डब्लुटिओसँग बताएको छ ।

वासिङ्टनले व्यापार सुरक्षाका लागि डब्लुटिओको सुरक्षा समितिमा पहल गर्दा आफ्नो समस्यालाई समाधान गर्नसक्छ भन्ने कुराको हेक्का राख्न नसकेको दावी गर्दै इयूले विचारविमर्शका लागि आह्वान गरेको हो । व्यापार सुरक्षा सम्झौताअन्तर्गत इयूले अमेरिकालाई छलफलका लागि आग्रह गरेको र डब्लुटिओको सुरक्षा समितिमा रहेको कानूनले व्यापार नीतिले अमेरिकालाई व्यापार सुरक्षा प्रदान गर्ने जनाइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्