सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्दै विद्युत प्राधिकरण

काठमाडौं । विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।

हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ इक्राबाट एएप्लस पाएको छ ।


प्रतिक्रिया दिनुहोस्