नेयमार पेरिस सेन्ट जर्मेनमै रहने प्रशिक्षकको विश्वास

पेरिस, ४ बैशाख / नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन पिएसजीका प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो ।

रियलले अर्को सिजन ब्राजिलियन सुपर स्टारलाई भित्राउने योजनामा रहेको पटक पटक सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रियलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पराजित भएपछि बार्सिलोनाका पूर्व स्टार नेयमार रियल जाने सम्भावनाले थप चर्चा पाएको थियो । तर, इम्रीको पछिल्लो भनाईले भने समर्थकलाई केहि राहत मिलेको छ ।नेयमार अर्को सिजन पनि पेरिसमै रहनेछन् । नेयमार र पिएसजीको साझेदारी कायम रहनेछ,’ ‘इम्रीले भने, उनी यहाँ खुसी छन् ।

उनीमाथि अन्य क्लबले चासो राख्नु सामान्य कुरा हो । नेयमारसँग दुई तीन साता अघि मेरो कुरा भएको थियो । क्लबसँग उनको सिधा सम्पर्क छ । उनी चोटमुक्त हुने क्रममा छन्, आशा छ सिजनको अन्त्यअघि सम्म उनी ठिक हुनेछन् । पिएसजीको पहिलो सिजनमै उनले उत्कृष्ट सुरुआत गरेका थिए । लिग वानमा मात्र उनले २० खेलमा २० गोल गरेका थिए । मार्चमा खुट्टामा चोट लाग्नुअघि सर्वाधिक गोलकर्ताको सुचिमा उनीपछि माथिल्लो क्रममै थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्