फुङ्लिङ नगरपालिकाद्वारा हरिताली तिज कार्यक्रम सम्पन्न

फुर्बा शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले हरिताली तिज कार्यक्रम गरेकोछ ।

संस्कार र संस्कृतियुक्त हरितालिका तिज, भड्किलो पहिरन र देखासिकिमा नगरौ होड । मौलिक संस्कृतिको संरक्षण र सम्बर्द्धनमा फुङ्लिङ नगरपालिकाको जोड भन्ने मुल नाराका साथ जिल्ला समन्वय समिति कार्यालयको प्राङ्गणमा प्रमुख अतिथि जि.स.सका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल एक बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक र विविधतायुक्त साथै सुन्दर भौगोलिक देश रहेकाले हरेक जातीहरुको धर्म, संस्कार संस्कृति झल्किने खालको देश रहेकाले पनि यो महिलाहरुको विशेष पर्वको अवसर पारी तिज कार्यक्रम आयोजना गरेको नगर उपप्रमुख भिमा देबी ओझाले बताउनु भयो ।

आझाले धार्मिक सामाजिक महत्व बोकेको यो पर्वले नेपालीहरुलाई एउटै मालामा बाँध्न सजिलो र सबै नेपाली दिदिबहिनिहरुलाई एकआपसको सद्भावनालाई थप मजबुद बनाउनमा सघाउ पुग्ने बताए ।

हरेक वर्ष भाद्र महिनाको शुक्ल एकादशीका दिन हिन्दू धर्मलम्बीहरुले बिहानै उठेर घर नजिकै रहेको मन्दिरमा गई शिवको व्रत बसी विवाहित महिलाले आफ्नो पतिको लामो आयु, दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्छन् भने अविवाहित महिलाले, हुने वाला श्रीमानको प्रतिक्षा गर्दै लामो आयु दीर्घायु एबम् असल श्रीमानको कामना गर्ने प्रचलन रहेको छ ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक नाच, कविता र नाटकीयहरुको प्रस्तुती बिच कार्यक्रम समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्