उपाध्यक्षको बुवाको निधनमा आठराई त्रिवेणी गाउँपालिकामा बुधबार शोक बिदा

काठमाडौं । गाउँपालिकाकी उपाध्यक्षका बुवाको निधनको शोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले बुधबार (आज) गाउँपालिकाभर शोक बिदा दिएको छ।

गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको गएराति मृत्यु भएको थियो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले बुधबार सूचना जारी गर्दै उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको जनाएका हुन्।

शोकमा गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था बुधबार बन्द गरिएको सूचनामा उल्लेख छ।

रिपोटरर्स नेपाल


प्रतिक्रिया दिनुहोस्