एमाले कोशीको सचिवमा लामाको शशक्त दाबी, भण्डारी र तिवारीको पनि आकांक्षा


उदयपुर । नेकपा एमाले कोशी प्रदेशको नयाँ कार्याकालका लागी सचीवमा युवा नेता शैलेश लामा मुख्य दाबेदार देखिएका छन् । बिराटनगरमा जारी प्रदेश कमिटीको प्रथम अबधिबेसनमा युवा नेता लामाले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । यस्तै पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले समेत सचीवमा आकांक्षा देखाएका छन् ।


लामो समय बिद्यार्थी राजनीति गर्दै हाल नेकपा एमाले कोशी प्रदेश कमिटीको उपसचीवको जिम्मेवारीमा रहेका लामा युवा, बिद्यार्थी तथा कार्यकर्ता माझ लोकप्रिय मानिन्छन् ।


यस्तै भण्डारी एमाले पाँचथर जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । २०७९ मंसिरको निर्वाचनमा उनी प्रदेशसभा १ बाट उम्मेदवार थिए । तर, निर्वाचनमा भण्डारी पराजित भए ।


तिवारी अहिले प्रदेश कमिटीको सचिवालय सदस्य छन् । उनी पूर्व कोशी प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत भइसकेका नेता हुन् । उनले २०७३ देखि ०७९ सम्म एमाले तेह्रथुम जिल्ला कमिटीको अध्यक्ष भएर काम गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्