ताप्लेजुङको मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकाको वडा न. ४, साँबाबाट काँग्रेस, एमाले र लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवान पार्टी परित्याग गरी दर्जनौ नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत शनिबार साबाँमा सम्पन्न नेकपा (माओवादी केन्द्र)को सहायक संगठन (वाइसीएल)को प्रथम वडा सम्मेलनमा पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेकपा एमालेबाट क्रमस, फिपहाङ साँबा, दिल कुमार साँबा, पासाङ शेर्पा, दावाफुटी शेर्पा, सम्झना शेर्पा, सुनिल साँबा, जोन थलङ, सिर्जना लिम्बू, दिपराज गुरुङ प्रकाश गुरुङ कुशल थलङ र वसन्त गुरुङ रेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट राजेश साँबा, पासाङ तेम्बा शेर्पा दातेम्बा र लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानबाट मगेन्द्र साँबा रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) जिल्ला सचिव सागरमणि गौतम, प्रदेश समिति सदस्य सुरज ओझा, धरान उपमहानगरपालिका पार्टी उपाध्यक्ष सन्जुहाङ साँबा, मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष डण्डु लामा, इन्चार्ज उजाड लिम्बू, वाइसीएलका जिल्ला अध्यक्ष कैलास माबो, पार्टी वडा अध्यक्ष सुर्य साँबा लगायतका नेताले टिका र खादा लगाई स्वागत गरेका थिए ।

माओवादी केन्द्रले गत भदौ १५ देखि सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत जिल्लाभर पार्टी, वाइसीएल, महिला, विद्यार्थीलगायत विभिन्न जनवर्गीय संगठनहरुको भेला साथै सम्मेलनहरु गरी कमिटी चयन तथा पुनर्गठन गर्दै आएको छ । त्यस्तै बैठक तथा प्रशिक्षण लगायतका गतिविधिहरु पनि सञ्चालन गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्