सिजन ३ मा सुमन श्रेष्ठ बने ताप्लेजुङ आईडल

श्री पन्चमी शान्ति युवा क्लव, पाथीभरा याङवरक १ नाङखोल्याङ ताप्लेजुङले स्थानिय कलाकार उत्पादन गरि ताप्लेजुङलाई मुलुक र बिश्व जगत सग चिनाउने उद्देश्यले २०६६ सालमा ताप्लेजुङ् आईडलको सफल आयोजना गरेको थियो जसमा लक्ष्मण लिम्बुले प्रथम ताप्लेजुङ् आइडलको गौरव बनाउन सफल भएका थिए ! सख्खर चिनी, पछि पछि लागेर आदि चर्चित गीत हरुका गायक तथा गयेको सिजनमा द भोइसको अन्तिम लडाई लडेका लोकपृय गायक पदम राई २०६९ सालमा आयोजित यहि ताप्लेजुङ् आइडल सिजन २ का बिजेता समेत रहेको बताउछन क्लवका अध्यक्ष भुवन आङबुहाङ ।

बुबा दिल बहादुर श्रेष्ठ, आमा गंगा माया श्रेष्ठ का तीन छोरा मद्ये कान्छा छोरा सुमन श्रेष्ठ सानै उमेर देखि गायनमा अत्यन्तै रुचि राख्थे ! गाउँका साना देखि ठुला ठुला साङ्गितिक कार्यक्रमहरुमा समेत सकृयरुपले आफ्नो उपस्थिति जनाईरहने सुमनको, हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेर देखि गायनमा आफुलाई अव्वल साबित गरिरहेका छन। २०७४ सालमा खुला अनलाईन गायन प्रतियोगितामा समेत प्रथम भै राई इज किङ राजेश पायल राईको बाहुलीबाट पुरस्कार प्राप्त गरेपछी उत्साहित सुमनले गयेको बर्ष देखि विधिबत सङ्गीत सिक्न थालेको समेत बताउछन । 

सुरुवाती चरणमा ५२ जना गायक गायिकाको अडिसन ताप्लेजुङकै कलाकारहरु उत्सव सावा, निलम न्यौपाने र रमेश सिवाले लिई सुरुभएको ताप्लेजुङ् आईडल सिजन ३ को फाइनलमा ६ जना गायक गायिकाले प्रतिस्पर्धा गरेका थिए भने भोट र जुरिको निर्णयको आधारमा पहिलो, दोस्रो र तेस्रो छुट्याइएको थियो । फाईनल विजेता सुमन श्रेष्ठले नगद १ लाख र दुई वटा नया गीतमा स्वरांकनको उपहार प्राप्त गरे, दोस्रो हुने पेमा लमु शेर्पाले नगद ५० हजार र एउटा् गीत पुरस्कार पाईन भने तेस्रो हुने तेजन सुनुवारले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन । फाइनलमा पाँचथरका मिलन बिश्वकर्मा र ताप्लेजुङ भानु मा.बि. का सङ्गीत गुरु उत्सव सांवाले जुरिको भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको आकर्षणको रुपमा वुगिगुगीकि विजेता प्रख्यात नृत्याङ्गना कविता नेपालीले नृत्य प्रस्तुत गरेकी थिईन ! कोभिड र आर्थिकको कारण यस्तो पुन्य कार्य नियमित सन्चालन गर्न नसके पनि जे जति काम भयेका छन त्येस्को नतिजा उत्साहजनक पाएको र आफ्नो गाउँ समाज यस्तो काममा सहयोग गर्न उत्साही भयेको र सबै सहयोगी मनलाई हार्दिक आभार ब्यक्त गर्दछन क्लवका अध्यक्ष भुवन आङ्बुहाङ । 


प्रतिक्रिया दिनुहोस्