मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलनमा पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा निर्वाचित वडा सदस्य मनकुमारी भुजेल थलङ, मिक्वखोला – ३ लिबाङको तरुण दल वडा सचिव प्रकाश लिबाङ, राष्ट्रिय युवा संघ नेपालको वडा सदस्य कुमार शेर्पा लगायत ६४ बढी नेता तथा कार्यकर्ता रहेका छन् ।


नवप्रवेशीहरुलाई माआवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज पूर्व सांसद सीता थेबे, संबिधान सभा सदस्य सञ्चपाल मादेन, प्रदेश कमिटी सदस्य वाङदी शेर्पा, ताप्लेजुङ इञ्चार्ज विष्णु हाङबाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष अध्यक्ष डण्डु लामा वाईसिएल केन्द्रीय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज होमकुमारी दियाली, प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ अध्यक्ष कैलाश माबो, प्रदेश कमिटी सदस्य सञ्जिब माबो लगायतका नेताहरुले स्वागत गरेका थिए ।
नवप्रवेशीहरुलाई केहीलाई जिम्मेवारी दिइसकिएको र बाँकी रहेकालाई पनि तत्काल पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका अध्यक्ष डण्डु लामाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्