अमेरिकी एक गुप्तचर र किम जोङ उन बिच गोप्य भेटबार्ता

 

बीबीसी / अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक माइक पोम्पियो गोप्य रुपमा उत्तर कोरियाको भ्रमणमा गएका थिए र उनले किम जोङ उनसँग गोप्य भेटवार्ता गरेका छन्। अमेरिकी संचारमाध्यमले उच्चस्तरीय सरकारी सुत्रलाई उद्धृत गर्दै पोम्पियो इस्टरको मौकामा (३१ मार्च देखि १ अप्रीलसम्म) उत्तर कोरियाको गोप्य भ्रमणमा गएका थिए।

पोम्पियोको भ्रमणको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने प्रत्यक्ष वार्ताकालािग वातावरण बनाउनु रहेको बीबीसीले जनाएको छ। यसअघि ट्रम्प स्वंयले कोरियासँगको वार्तालाई लिएर पाँच संभावित स्थानका बारेका विचार भइरहेको जनाएका थिए।

वाशिंटन पोस्टको रिपोर्ट अनुसार माइक पोम्पियोको उत्तर कोरियाको यो भ्रमण रेक्स टिलरसनको राजीनामा र सीआईए प्रमुखलाई नयाँ विदेशमन्त्री बनाएपछि तत्काल भएको हो। सो पत्रिकाका अनुसार तत्कालीन अमेरिकी विदेश मन्त्री मेडलिन अल्ब्राइटले सन् २००० मा किम जोङ इलसँग वार्ता गर्न उत्तर कोरियाको भ्रमण गरेका थिए। त्यसपछि दुवै देशबीच उच्चस्तरमा कुनै सम्पर्क भएको छैन।

वाशिंटन पोष्टका पत्रकारले सीआईए, ह्वाइट हाउस र संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका प्रतिनिधित्वको पुष्टिकालागि आवेदन दिएका थिए। तर, यी तीनवटै निकायले यो गोप्य भ्रमणमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्विकार गरेका छन्। पछि रोयटर्सले आफ्नो स्रोतमार्फत यो भ्रमणको पुष्टि गरेको थियो।

अमेरिका र उत्तर कोरियाबीच कसरी भयो सम्पर्क ?

उत्तर कोरिया र अमेरिकाबीच कुनै पनि कुटनीतिक सम्बन्ध छैन। यद्यपी अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक भने होइन। पहिला पनि बेला बेलामा दुई मुलुकका कुटनीतिक र प्रतिनिधिका यस्तो भ्रमण हुने गरेका थिए। यसअघि २०१४ मा नेशनल इंटेलिजेन्स एजेन्सीका निर्देशक जेम्स क्ल्यापर उत्तर कोरियाको जेलमा कैदी जीवन बिताइरहेका दुई अमेरिकी नागरिकलाई स्वदेश फर्काउने पहल गर्न उत्तर कोरिया पुगेका थिए। दुवै देशबीचको सम्पर्क मुख्य रुपमा अनाधिकृत च्यानल र मध्यस्थताको माध्यमबाट हुन्थ्यो। कोरियाई युद्धपछि कोरियाई प्रायद्वीप विभाजन भएको ६५ वर्षभन्दा धेरै भइसकेको छ। तर, शान्ति सम्झौतामा अहिलेसम्म हस्ताक्षर भएको छैन। कोरियाई प्रायद्वीपमा शान्ति स्थापना गर्न दुवै मुलुक इच्छुक छन्। गत महिना डोनाल्ड ट्रम्प स्वंयले अप्रत्याशित रुपबाट उत्तर कोरियाको सिधा वार्ता गर्ने प्रस्ता स्वीकार गरेका थिए।

यसअघि कुनै पनि अमेरिकी राष्ट्रपति उत्तर कोरियाको शाशकसँग कहिल्यै पनि आधिकारिक रुपमा भेटवार्ता भएको छैन। ट्रम्पले संवाददाताहरुसँग उत्तर कोरियासँगको वार्ता जुन वा त्यसको केही अगाडि हुन सक्ने बताएका थिए। उत्तर कोरियामाथि मानवअधिकार उल्लघंन र संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लघंन गरेको आरोप लाग्दै आएको छ। परमाणु कार्यक्रमका कारणबाट पनि उत्तर कोरिया विश्व समुदायबाट एक्लिँदै गएको छ। उत्तर कोरियाले अहिलेसम्म ६ वटा परमाणु परीक्षण गरिसकेको छ। उत्तर कोरियाले लामो दूरीको यस्तो मिसाइलको पनि परीक्षण गरेको छ, जसले अमेरिकासम्म मार हान्न सक्छ।

यद्यपी शीतकालीन ओलम्पिक खेलका कारण वार्ताकालागि राम्रो अवसर सृजना भएको छ। त्यसको केही हप्तामा दक्षिण कोरियाका साथै चीनका केही प्रतिनिधिमण्डलले उत्तर कोरियाको भ्रमण गरेका थिए। ट्रम्पले यो वार्ता जुन महिनाभन्दा पहिला नै हुनुपर्ने र त्यसलाई ह्वाइट हाउसले गम्भीरतापूर्वक लिएको बताएका थिए। यद्यपी पोम्पियोको यो गोप्य भ्रमणको समाचारले निश्चित रुपमा उत्तर कोरियाका छिमेकी र यो क्षेत्रमा अमेरिकाको रणनीतिक साझेदार जापान र अमेरिकाबीच खबरलाई ओझेलमा पारिदिएको छ। किमसँग ट्रम्पबीच हुने वार्ताबाट जापान चिन्तित देखिएको छ। र, प्रधानमन्त्री शिन्जो आबे सोही विषयमा छलफल गर्न अमेरिका भ्रमणमा छन्।

ट्रम्पले आबेलाई फ्लोरिडा स्थित आफ्नो मार–ए–लागो रिसोर्टमा आमन्त्रित गरेका छन्, जहाँ उनले गल्फ खेल्ने योजना बनाएका छन्। अमेरिकी राष्ट्रपतिले जोड दिँदै अमेरिका र जापानबीच उत्तर कोरियासँग वार्ता गर्ने विषयमा कुनै मतभेद नभएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्