काँग्रेस संसदीय दलको सचेतकमा पुष्पा भुसाल

काठमाडौँ / नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो ।  रासस


प्रतिक्रिया दिनुहोस्