श्रीमानद्धारा श्रीमतीलाई वनाए खुकुरी प्रहार गरी गम्भिर घाईते

ताप्लेजुङ संवाददाता

ताप्लेजुङ /  ताप्लेजुङको सदरमुकाम फुङलिङमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई धारीलो खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् । मिक्वाखोला ४ गाउँपालिका घर भई हाल फुङ्लिङ नगरपालिका ४ गोसलाईनमा बस्दै आएका डिल्ली खड्काले हिजो साँझ ७:३० बजेको समयमा ३८ बर्षीया मनकमारी थोप्रालाई खुकुरी प्रहार गरेका हुन ।

खुकुरी प्रहार बाट मनकुमारीको शरिरका विभीन्न भागमा गम्भिर चोट लागेका र उपचारको लागी तत्काल तमोर अस्पताल लगीएपनी उपचार हुन नसकेपछी हीजो साँझ नै विर्तामोडको (विएण्डसि) अस्पतालमा लगीएको छ । खकुरी प्रहार गर्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक ज्ञानेद्र बस्नेतले जानकारी दिनुभयो ।

-पदम श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्