चलचित्र ‘हैरान’को टिजर कमेडी नै कमेडीले भरिएको

काठमाडौँ / चलचित्र ‘हैरान’को टिजर सार्वजनिक गरिएको छ । गजित बिष्ट, वुद्दि तामाङ, सत्यराज आचार्य, सरोज खनाल, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको टिजरमा कमेडीलाई स्थान दिइएको छ ।

डान्स फेभरको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सौगात बिष्टले निर्देशन गरेका हुन् । विश्वकै कान्छा निर्देशकको परिचय बनाएका सौगातको यो दोश्रो चलचित्र हो । चलचित्र जेठ ४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, नवराज उप्रेतीको छायांकन, लेखन तथा कोरियोग्राफी गम्भिर बिष्टको छ । चलचित्रमा मुक्ति घले, श्रृष्टी घिमिरे, डाक्टर वाई एल लामाको लगानी छ । चलचित्रको कार्यकारी निर्माता संझना पोख्रेल हुन् ।

चलचित्रमा फरक फरक पात्रको जीवनशैलीलाई देखाइएको छ । कमेडी, एक्सन, विछोड, पीडाको मिश्रणको रुपमा यो चलचित्र तयार भएको निर्माणपक्षले बताएको छ ।, आजको अनलाइन खबरमा यो खबर लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्