अष्ट्रियामा रेल दुर्घटना, चालिसभन्दा बढी घाइते

 

दुर्घटना स्थानिय समय अनुसार साँझको करिव ६ वजे भएको थियो । तस्विर स्रोत : एक्सप्रेस युके

भिएना / अष्ट्रियाको सलज्बर्ग सहरमा शुक्रबार भएको रेल दुर्घटनामा ४० भन्दा बढीका घाइते भएका छन् । यात्रुवाहक रेलको दुई डिब्बा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ती व्यक्ति घाइते भएका उद्धारकर्ता र रेल कम्पनीले जानकारी दिएको छ । जुरिचबाट भिएनातर्फ गइरहेको सो रेलको दुई वटा डिब्बा एक आपसमा ठोक्किएको कारण पनि प्रष्ट नभएको आगलागी नियन्त्रण सेवाका अधिकारीले स्थानीय सञ्चार माध्यमल जानकारी दिएका छन् ।

एस ४० को तिव्र गतिमा गुडिरहेको रेल अष्ट्रियाको भियाना नजिक रेक्स रेल स्टेसनमा ठोक्किएको थियो । तस्विर स्रोत : एक्सप्रेस युके

‘अष्ट्रिया नेसनल रेल कम्पनी (ओबिबि)’का प्रवक्ताले रात्रि सेवामा चल्ने यस रेलमा सवार रहेका ३५ देखि ४० व्यक्ति घाइते भएका बताउनुभएको छ ।

कम्तिमा २ वटा यात्रु वाहक दव्वल डेकर कार पल्टिएको थियो । तस्विर स्रोत : एक्सप्रेस युके

यस दुर्घटनामा घाइते भएका प्रायःव्यक्तिको अवस्था समान्य रहेको रेडक्रस सेवाले जानकारी दिएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्