नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास

रियो डी जनेरियो / ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट लागेका नेयमार विश्व कपका लागि पूर्ण रुपमा फिट हुने आशा गरिएको छ । ब्राजिल यस विश्व कपको बलियो दाबेदार मध्ये एक हो।

फाइल तस्बिर

विश्व कपमा रोनाल्डो र मेस्सीमाथि सबैको नजर हुनेछ, त्यसबाहेक तपाईको विचारमा कुन खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्लान र ब्राजिलमा भएको एक कार्यक्रममा नेयमारलाई प्रश्न गरियो। त्यसको जवाफ दिँदै नेयमारले भने, विश्वका उत्कृष्ट टोली मात्र खेल्ने प्रतियोगिता भएकाले गर्दा यहाँ सबै उत्कृष्ट खेलाडी मात्र खेल्नेछन् , उनले थपे, “तर मेरो विचारमा फिलिप कौटिन्हो र ग्याब्रिएल जिससले यस पटक ठूलो प्रभाव पार्नेछन् ।” बार्सिलोनाका मिडफिल्डर कौटिन्हो र म्यानचेस्टर सिटीका फरवार्ड जिसस दुवै ब्राजिलका हुन्।

उनले थपे, सालाहको टोलीलाई सबैले कमजोर दाबेदारको रुपमा हेरेका छन्, तर उनले राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु । विश्व कप छनोट अन्तर्गत सालाहको उच्च प्रदर्शनको मद्दतले इजिप्टले विश्व कपमा स्थान बनाएको थियो।

नेयमारले उरुग्वेका लुइस स्वारेज र बेल्जियमका इडेन हाजार्डले पनि यस प्रतियोगितामा राम्रो खेल्ने बताए, लुइस स्वारेज, इडेन हाजार्ड र केभिन डी ब्रुयिना बेल्जियम जस्ता प्रतिभाशाली खेलाडीहरु पनि छन्, आशा गरौँ यिनीहरुले ब्राजिलविरुद्ध राम्रो प्रदर्शन नगरुन् , नेयमारले ठट्टा गरे। एजेन्सी


प्रतिक्रिया दिनुहोस्