”सामाजवादको यात्रा” बजारमा

लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको ”समाजवादको यात्रा : युटोपियादेखी चौथो आयामसम्म ” पुस्तक बजारमा आएको छ  ।

छ खण्डमा विभक्त पुस्तकमा मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषण सहित जबज र बिपी-विचारधारासम्मको विश्लेषण र व्याख्या गरिएको छ । समाजवादी विस्व राजनीतिक विकासक्रम र त्यसले नेपालि राजनीतिलाई पारेको प्रभाव र अपेक्षा समेतलाई लेखकले पुस्तकमा विश्लेषण गरेका छन्   ।

पुस्तकका सन्दर्भमा भूमिकामा लेखक भन्छन्- ‘..राजनीतिक निबन्ध राजनीतिक विचारमाथिको शुद्ध शास्त्रीय चिन्तन होइन र हुन सक्दैनथ्यो  । त्यसका लागि सम्बन्धित विचारको संवाहक दल र नेतृत्व समुहको व्यवहारलाई पनि जोड्नुपर्ने हुन्थ्यो  । तर , विचार र ब्यबहारबीचको दूरीलाई कसरी लिने ? विचार ठिक हुँदाहुँदै पनि व्यवहारमा बिचलन भएको अर्थमा लिने वा व्यवहारको विचलनले विचार नै गलत साबित भएको अवस्थामा लिने ?.. (पुस्तकमा) यो जटिलतालाई मैले आफ्नो सजिलोमा हाल गरेको छु  । विचार र व्यवहार दुवै कोणबाट हेरेको छु  । ”

पुस्तक सामाजिक – राजनीतिक विकासक्रमलाई अध्ययन गर्न चाहाने र बिस्व-समाजवादी धारामा आएका परिवर्तन साथै नेपाली राजनीतिको बर्तमान वैचारिक अवस्थाको बारेमा रुची राख्ने सबैको लागि उपयोगी हुने प्रकाशकको बिस्वास रहेको छ ।

सांग्रीला बुक्सले प्रकाशन गरेको ३१२ पृष्ठ रहेको पुस्तकको  मूल्य ३९५ रहेको छ  .


प्रतिक्रिया दिनुहोस्