प्रेसर कुकर बम फेला, डिस्पोजका लागि सेनालाई गुहारियो ।

८ फागुन, मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ को स्मारक गेटनजिकै मंगलबार बिहान प्रेसरकुकर बम फेला परेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बन्द आह्वान गरेकै दिन बम भेटिए पनि कसले राखेको हो भन्ने खुलेको छैन ।

बम भेटिएको सूचना पाएसँगै उक्त स्थानमा पुगेको प्रहरीले त्यसलाई घेरा हालेर राखेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बम डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइए पनि आइपुगेका छैनन् ।

बम भेटिएको हल्ला फैलिएसँगै स्थानीयमा त्रास छाएको छ ।


प्रतिक्रिया दिनुहोस्