‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’: मन्त्री विश्वकर्मा

 पोखरा / युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८ औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ । इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्