सरकारले राम्रो काम नगरे पाँच वर्षपछि अर्को नतिजा आउन सक्ने : नेता गौतम

काठमाण्डौं  / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई भरपुर सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन्।‘राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान’ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री गौतमले जनताले भरोसा गर्न सक्नेगरी सरकाले काम गर्नुपर्ने बताएका छन। जनताले वाम गठबन्धनलाई अवसर र चुनौति सँगसँगै दिएको भन्दै अवसरको सही सदुपयोग नभए पाँच वर्षपछि अर्को नतिजा आउने बताउनु भयो।

‘यो सरकार काम गर्नका लागि बनेको हो, र यो सरकाले राम्रो काम नगरे पाँच वर्षपछि जनताले ढालिदिने छन त्यसैले यो अवसरलाई सही सदुपयोग गर्नुहोस्’, उपाध्यक्ष गौतमले भने, ‘नत्र पाँच वर्षपछि अर्को नतिजा आउन सक्छ,।’ उनले सरकारमा फेरि कांग्रेस आउने दावी समेत गरेका छन।

जनताका आकांक्षलाई सम्बोधन गर्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जोड दिनुभयो ।

उपाध्यक्ष गौतमले बाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्ने बताउनु भयो।

एमाले र माओवादी केन्द्रबीचको एकता समानतामा आधारित हुने भन्दै एकता अगाडि बढीसकेको र उनले कुनै पनि हालतमा नरोकिने बताएका छन।


प्रतिक्रिया दिनुहोस्