गगन थापा समूहको ५४ पृष्ठको अलग समीक्षा,आज केन्द्रीय समिति बैठकमा पेस हुदैं

काठमाण्डौं / नेपाली कांग्रेस पराजयको समीक्षा गर्न चैत ९ देखि जारी केन्द्रीय समिति बैठकलाई आज केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने भएका छन्।
निर्वाचनमा पार्टी पराजित हुनुमा सभापति शेरबहादुर देउवाको कार्यशैली मुख्य जिम्मेवार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्व महामन्त्री कृष्ण सिटौला समूहले ठहर गर्दै आएका छन्। तर देउवा पक्षका नेताहरु भने त्यसको बचाउमा केन्द्रित रहेका छन्।

गगन थापा

नेताहरु आपसी आरोप प्रत्यारोपमा उत्रिँदारहदा बैठकले चुनाबको वस्तुनिष्ठ समीक्षा गर्न सकिरहेको छैन। स्रोतकाअनुसार यही सन्दर्भमा सोमबार गगन थापासहित पार्टीका युवा नेताको एक समूहले निर्वाचन पराजयको ५४ पृष्ठ लामो समीक्षा तयार पारेको बताइएको छ।

त्यही ५४ पृष्ठ लामो समीक्षाका आधारमा नेता थापाले आजको बैठकमा आफ्नो प्रस्तुति दिने भएका छन्। समीक्षामा एमाले माओवादीको वाम गठबन्धन निर्माण हुँदा त्यसले कांग्रेसलाई नोक्सान पुर्याएको उल्लेख गरिएको छ। युवालाई पार्टीमा स्थान नहुँदा लोकतन्त्रमा हुर्किएको नयाँ पुस्ता विवेकशील साझा पार्टीतर्फ आकर्षित भएको विश्लेषण समेत समीक्षापत्रमा उल्लेख गरिएको छ। यद्यपि विवकेशील साझाको नाम भने उल्लेख गरिएको छैन।

केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलसहितका युवा नेताले यसअघि नै सम्बोधन गरिसकेको भएपनि गगन थापाले आज सम्बोधन गर्ने तयारी गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्