नेयमार छिट्टै रियल जानेछन् – रिभाल्डो

रियो दि जेनेरियो  / बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन् ।

नेयमारले ठूलो क्लबमा खेल्नु पर्ने आवश्यकता रहेको औल्याउँदै रिभाल्डोले उनी बार्सिलोना फर्केने विकल्प नदेखिएकोले रियलनै उनका लागि उपयुक्त हुने बताएका छन् । पिएसजीमा नेयमारको सुरुवाका लागि कुनै सर्त छैन । त्यसको अर्थ रियलले पिएसजीले तिरेको रकम भन्दा बढी रकम तिरेर उनलाई किन्न सक्नेछ । युरोपियन च्याम्पियन्स लिगको साविक विजेताले नेयमारका लागि ठूलो रकम खर्च गर्ने सम्भावना पनि रहेको बताइएको छ ।

मैले पहिला पनि भनिसके नेयमार विश्वका उत्कृष्ट खेलाडी बन्न सक्छन् । तर पिएसजीमै रहेर त्यो सम्भावना कहिल्यै हुन्न । उनले पिएसजी छाड्नु पर्ने हुन्छ,’ ब्राजिलमा आयोजित एक कार्यक्रममा रिभाल्डोले भने, ‘इङ्ल्यान्ड, स्पेन, इटाली, जर्मनी भनेको फरक हो । म फुटबल प्रतिस्पर्धाको कुरा गरिरहेको छु । नेयमार बार्सिलोना फर्कने छैनन, किनकी त्यहाँको अवस्था उनका लागि धेरै कठिन छ ।

उनले आफुले प्राप्त गरेको सुचना अनुसार नेयमार रियल जाने सम्भावना बढी रहेको बताए । उनले भने, ‘मलाई लाग्छ उनी रियल गएमा विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् ।’ चोटका कारण खेल्न नसक्नुअघि पिएसजीमा नेयमारले उच्च प्रदर्शन गरेका थिए । रसिया विश्व कपका लागि भने उनी पूर्णरुपमा फिट हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्