गुण्डा नाइके मनोज र सोम प्रहरी इन्काउन्टरमा मारिए

बुटबल, ९ फागुन । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधवार बिहान देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनी मारिएका हुन् । प्रहरीसँगको मुठभेडमा घाइते भएका उनलाई लुम्बीनी अञ्चल अस्पताल लगिएकामा त्यही मृत्यु भएको संघीय ईकाई प्रहरी भैरहवाका एसएसपी दीपक थापाले बताए । प्रहरीले मुठभेडमा उनका सहयोगी सोम आले पनि मारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख श्यमलाल ज्ञवालीका अनुसार मनोज पुन र उनको समुहले देवदहमा अपराधीक घटना गर्दै छ भन्ने सुचनाका आधारमा त्यस क्षेत्रमा सर्च गर्न पुगेको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष टोली माथी गोली प्रहार गरेपछि जवाफी कारवाहीमा २ जनालाई गोली लागेको थियो ।
रुपन्देहीको देवदेह क्षेत्रमा गिटीबालुवा र काठको तस्करी गर्दै आएका मनोजपुन गत बर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पछि चर्चामा आएका थिए ।

तिवारी र रुपन्देहीकै व्यापारी बसन्त पौडेलको हत्याका आरोपी उनी लामो समय भारतमा लुक्दै आएको प्रहरीले बताउँदै आएको थियो । पछिल्लो समय उनी नेपाल आएको सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको थियो ।

को हुन् मनोज र ?

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए ।

सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ ।

देवदह नपा ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको थियो । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ ।

गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए । त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो ।

रूपन्देहीको देवदह नगरपालिका वडा नं।–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । पुनको समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्