प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारद्वारा अस्वीकार

बुधवार, फाल्गुण ०९, २०७४
काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।

पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन सकेको छैन् ।

रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी मनोजकी श्रीमतीले शव बुझ्न अस्वीकार गरेकी छिन्।

पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरी इन्काउन्टरमा पुन र आले मारिएका थिए।


प्रतिक्रिया दिनुहोस्