माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती

वासिङटन / फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई  सशक्त रूपमा चुनौती दिनु भएको छ ।

उहाँले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।सम्बोधनका क्रममा उपस्थित सांसदहरूबाट माक्रोंलाई धेरै पटक सम्मान ताली बजाएर सम्मान गरेका थिए । सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान देखाएको बताइएको छ ।

अमेरिका र फ्रान्सका यी दुइ राष्ट्रपतिबीच माक्रों भ्रमणको क्रममा मत मिल्दै आएका देखिएको भए तापनि आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राख्न भ्याउनु भएको छ । उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको कहिले नटुट्ने अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गर्नु भएको थियो । रासस /एएफपी


प्रतिक्रिया दिनुहोस्