नाइजेरियामा एक नेपालीको मृत्यु

फागुन ९, २०७४

नाइजेरिया–नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड स्टिल कारखानामा काम गर्ने एक नेपालीको मृत्यु भएको छ । नवलपरासी फटकी टोला गूठी पर्सौनी ९ घर भएका उमेशराम चमारको कारखानामा काम गर्दागर्दै फेब्रुअरी १५ मा दुर्घटना हुँदा मृत्यु भएको हो ।

उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । घटनाबारे कम्पनी र नेपाल दुतावास इजिप्टसङ्ग सम्पर्क भइरहेको एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्