उत्तर-दक्षिण कोरिया विच एक नयाँ युगको सुरुवात: शान्ति सम्झौता गर्ने घोषणा

काठमाडौं / एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । उत्तर र दक्षिण कोरियाका नेताले कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका छन्, जसलाई शान्तिको एक नयाँ युगको सुरुवात भनिएको छ ।

६५ वर्षअघि छुटिएका यी दुई प्रायदीप अहिले फेरि नजिकिंदै गएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे(इनले सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्ता गरेपछि यो घोषणा गरेका हुन् ।

कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने लक्ष्यमा दुबै नेता सहमत भएका छन् । साथै १९५३ को युद्धविरामलाई शान्ति सम्झौतामा रुपान्तरण गर्ने सहमति पनि दुई कोरियाली मुलकबीच भएको बीबीसीले जनाएको छ ।

दुई देशले उत्तर कोरियामा संयुक्त कार्यालय खोल्ने घोषणा गरेका छन् । साथै यो वर्षको अन्त्यमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरिया भ्रमण गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्