ताप्लेजुङको फङ्लिङमा आगलागी, बिस्तृत बिबरण आँउन बाँकी

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / ताप्लेजुङको फङ्लिङ नगरपालिका ६ बाझोगरामा आगलागी भएको छ । आगलागीबाट ललिलबहादुर गुरुङको घरको माथिल्लो भागमा जलेको छ भने र लोकेन्द्र लिम्बूको घरमा पनि आगोले क्षति पु्र्याएको छ ।

आगो विहान १०: ३० बजेको समयमा ललितबहादुर गुरुङको घरबाट सुरु भएको हो । स्थानियबासी सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा करीब एक घण्टा पछी मात्र आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कती क्षती भएको भन्ने विवरण आउन बाँकी रहेको छ । दुवै घरमा कोही नभएको अवस्थामा आगलागी भएका कारण के कारणले आगालागी भएको भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकरी दिएको छ ।

पदम  श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्