ट्रक र बस ठोक्किदा भारतमा सात जनाको मृत्यु, २५ घाइते

नयाँदिल्ली / भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।

उक्त राज्यको राजधानी भोपालदेखि ३५० किलोमिटर टाढा पर्ने मन्दसुरमा दुर्घटना भएको समाचारमा जनाइएको छ । तिव्र गतिमा आएको ट्रकले आइतबार बिहान ४० जना यात्रु बोकेको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । सो घटनामा सातको मृत्यु भएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्