चीनका प्रधानमन्त्री सी जिन पिङको नेपाल भ्रमण छिट्टै तय हुने योगेश भट्टराईको दावी

सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले चीनका प्रधानमन्त्री सी जिन पिङको नेपाल भ्रमण पनि छिट्टै हुने दावी गरेका छन्। सचिव भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गरी यहाँको विकासमा उत्साह जगाउनु गौरवको विषय भएको पनि स्पष्ट पारेका छन।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि दुई मुलुक बीचको सम्बन्धमा न्यानोपन आएको स्मरण गराए। सचिव भट्टराईले मुलुक सही दिशामा अघि बढेको पनि दावी गरेका छन। उनले मुलुकलाई समृद्ध बनाउन सरकारले अनुकूल वातावरण बनाउँदै लगेको पनि उल्लेख गरेका छन्। सचिव भट्टराईले माओवादी केन्द्रसँगको पार्टी एकताको आधार तय भईरहेको पनि बताएका छन।


प्रतिक्रिया दिनुहोस्