लिखुलाई भलिवल उपाधि

सुनकोशि गाउँपालिकाले आयोजना गरेको प्रथम मूलखर्क कप भलिबलको उपाधि लिखु गाउँपालिकाले  जितेको छ । सोमबार फाइनलमा चम्पादेवी गाउँपालिकालाई २५-२१, २५-१९,२५-२० को सोझो सेटमा पराजित गर्दै लिखुले उपाधि जितेको हो ।

बिजेता लिखुले ५५ हजार ५ सय ५५ रुपैयाँ र उप-बिजेता चम्पादेवीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । तेस्रो भएको मोलुङ गाउँपालिकाले २२ हजार २ सय २२ रुपैयाँ पाएको थियो । बिधागत उत्कृष्टतर्फ सेटरमा मोलुङका राम राई, ओपन स्पाइकरमा लिखुका सञ्जय बुढाथोकी, ब्लकरमा मोलुका कमल तामाङ, क्विकरमा चम्पादेवीका समिप श्रेष्ठ र सर्वोत्कृष्टमा मोलङुका शंकर तामा घोषित भए । उनिहरुले नगद पुरस्कार पाए । चिशंखुगढी गाउँपालिकाले फेयर प्ले टिम जित्यो ।

बिजेतालाई संघीय प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कृत गरे । जिल्लाको खेलकुद बिकासमा आफूले सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्दै उनले यस्तो प्रतियोगितालाई निरन्तरता दिन सुझाए ।, आजको कान्तिपुरको अन्तिम पृष्ठमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्