लादेनभन्दा एक वर्ष जेठी थिइन् उनकी बुहारी, छोराले ५१ वर्षकी महिलासँग गरेका विवाह थिए

अलकायदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु भएको सात वर्ष भइसक्यो । उनको मृत्युपछि उनको ठूलो परिवार संसारको विभिन्न हिस्सामा बाँडिएका छन् । ओसामाको पूरा परिवारबारे  धेरै जानकारी नभएपनि उनका छोरा उमर बिन लादेनबारे विभिन्न खबर आइरहन्छन् । उमरले आफूभन्दा २५ वर्ष जेठी महिलासँग विवाह गरेको बताइन्छ । उनकी श्रीमती ओसामाभन्दा एक वर्ष जेठी थिइन् ।

यसरी भयो भेटघाट र विवाहःउमरको विवाहको खबर सन् २००७ मा ब्रिटिश मिडियामार्फत सार्वजनिक भएको थियो । त्यतिबेला अमरको उमेर २७ वर्षको थियो भने उनकी श्रीमती जेनको उमेर ५१ वर्ष थियो ।

स्रोतका अनुसार जेन फिलिक्स ब्राउन ब्रिटेनको चेशायर शहरकी हुन् र उनको भेट लादेनका छोरा  उमरसँग इजिप्टमा होलिडे मनाइरहेका बेला भएको थियो ।उमरकी श्रीमती जीनाले सन् २००७ को अप्रिलमा इस्लामी विधि अपनाएर दुबैको विवाह भएको र आफूहरु निकै खुसी भएको बताएकी थिइन् । विवाह पछि जेनले इस्लाम धर्म अपनाएकी थिइन् र आफ्नो नाम परिवर्तन गरेर जीना महमूद राखेकी थिइन् ।परिवारले बदनामीको सामना गर्न नपारोस् भन्नका लागि आफूहरुले विवाह लुकाउनुपरेको बताएकी थिइन् । विवाह पछि जेनले भनेकी थिइन्, ‘म उमरलाई यति माया गर्छु कि बिन लादेन परिवारसँग सम्बन्ध जोडेपछि हुने नतिजालाई पनि बेवास्ता गरेकी छु ।’

बस्नु पर्यो अलगः

विवाहपछि उमर र जेन अलग बसिरहेका थिए । जेन ब्रिटेनको चेशायरमा बसिरहेकी थिइन् भने उमर कतारमा । जेनले उमरका लागि ब्रिटेनको भिसा लिन निकै कोसिस गरिन् तर पारिवारिक पृष्ठभूमिका कारण उनले भिसा पाउन सकेनन् । टाढा भएपनि आफूहरु बीच माया गाढा भएको जेनले बताएकी थिइन् ।

यसरी आयो सम्बन्धमा दरार र टुट्यो विवाहः

 

दुबैले सन् २०१० मा सरोगेसीमार्फत बच्चा जन्माउने योजना पनि बनाएका थिए तर एक पछि अर्को गरी चारपटक आइभीएफ उपचार फेल भएको थियो । यसैबीच जेनले उमरसँग सम्बन्धविच्छेदको माग गरेको खबर पनि मिडियामा छाएको थियो । जेनले उमरको मानसिक स्थिती ठिक नभएकाले आफूहरु सँगै बस्न नपाउने बताएकी थिइन् ।त्यसपछि सन् २०१५ मा यी दुई एक अर्कासँग निकै खुसीले जीवनयापन गरेको खबर आएको थियो । यद्यपी, कुन देशमा बसेका थिए भन्ने बारे बताइएको थिएन । तर उक्त खबर आएको केही समयपछि कतारको गल्फ न्यूजले दुबैको सम्बन्धविच्छेदको खबर पुष्टि गर्यो । दुबैबीच सरोगेट बच्चाबारे विवाद पैदा भएपछि विवाह टुटेको बताइयो ।

जेनको छैटौं विवाह थियोः

 

उमरसँग जेनको यो छैटौं विवाह थियो । तीन छोराकी आमा जेनका पाँच नाती नातिना भएको जानकारी दिएकी थिइन् ।

यस्तै जेनले उमरको पनि त्यो दोस्रो विवाह बताएकी थिइन् । उनकी श्रीमती अरबमा भएको र उनलाई उमरको दोस्रो विवाहमा केही आपत्ति नभएको जानकारी दिएकी थिइन् ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्