अझै केही दिन मौसम आशिंक बदली रहने

काठमाडौ, १० फागुन । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार, केही दिन देशैभर आशिंक बदली हुने प्रक्षपण गरेको छ । पश्चिमी वायूसँगै स्थानीय वायूको प्रभावका कारण विहीबार बिहानैदेखि मौसममा बदली आएको मौसमविद शान्ति कंडेलले बताइन ।
 
मौसमा कुनै बदलाव नआए दुई तीनपछि मात्र मौसम सफा हुने मौसमविदको भनाई छ । पश्चिमी र स्थानीय वायुका प्रभावका कारण पहाडी क्षेत्रसंगै पश्चिम तराई क्षेत्रमा आशिंक बदली हुने देखिएको हो । ‘बिहान मौसम सफा जस्तो देखिएपनि दिउसो र बेलुका हलुका वर्षा हुन सक्छ ।’
 
कडेलले भनिन् तर, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ । वर्षा र हिमपात भएपनि सामान्य हुन सक्छ ।’ हुनेआशिंक बदली हुदा राम्रोसँग घाम नलाग्दा चिसो बढ्न सक्ने महाशाखाको अनुमान छ ।
 
कहाँ कति वर्षा भयो  ?
 
विभागको विहीबार बेलकासम्म पोखरामा ६ दशमलव १ मिलिमिटर वर्षा भएको छ । यस्तै ताप्लेजुङमा शून्य दशमलव ६ मिलिमिटर र काठमाडौमा छिटफुट वर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्