आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लियो

त्रिपोली, २० वैशाख/ लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ । यस आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

राजधानी त्रिपोलीमा रहेको सो कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले बुधबार नै १५ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको थियो । आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बुधबार बिहान भएको यस आक्रमणको स्लामिक स्टेट्स् (आइएस)का लडाकूले गरेका सरकारी अधिकारीले यसअधि नै दावी गरेका थिए । संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ । रासस/एएफपी/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्