सत्र मन्त्रालय केन्द्रमा राख्ने मन्त्रिपरिषद्को निर्णय

 

काठमाडौं, फागुन ११ । अब केन्द्रमा १७ मन्त्रालय हुने भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारमा १७ मन्त्रालय बनाउने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए।
अहिले केन्द्रमा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन्। मन्त्रिपरिषद्को निर्णयसँगै अब १४ मन्त्रालय घटाउनु पर्ने छ।
संविधानले केन्द्रीय सरकारमा २५ जनामात्र मन्त्री हुन पाउने व्यवस्था गरेको छ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रले केन्द्रमा १८ मन्त्रालय राख्ने समझदारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्