सवरुन खातुनले दिईन तिम्ल्याहा शिशुको जन्म

वीरगञ्ज / नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज बाट एक महिलाले तिम्ल्याहा बच्चाको जन्म दिएकी छिन् । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी पर्साको रतनपुर घर भएकी २७ वर्षीया सबरुन खातुनले यस पटक भने तीन छोरा जन्माएकी हुन् ।

                                            तस्विर- अनलाईन खवरबाट

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निलम चौरसिया र एनेस्थियोलोजिष्ट डा. रामपुकार साह नेतृत्वको टोलीले शुक्रबार शल्यक्रिया गरेर बच्चा निकालेका थिए । आमा र बच्चा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले गाइनो वार्डमा आमासँगै राखिएको छ । तीन वटामध्ये २ जनाको तौल २.५ किलो र एउटाको तौल २.४ किलो छ ।

पहिला पनि यस्तो समस्या भएका धेरै विराधी जाँच गरेकाले समस्या नभएको उनले सुनाइन् । कमै मात्रे आउने यस्तो समस्यामा सफलता पाउँदा एकदमै खुशी लागेको एनेस्थिया असिस्टेन्ट एवं स्टाफ नर्स रिंकु साहले बताइन् ।


प्रतिक्रिया दिनुहोस्