म्याराडोनाले आफ्नै देशको टिमलाई भने ‘बेकारको टिम’, विश्वभर चर्चा

काठमाण्डौं, २८ माघ : विश्व फुटवलका हस्ती डियगो म्याराडोना विभिन्न अभिव्यक्तिका कारण विश्व समाचारमा छाइरहन्छन् । उनका हरेकजसो बोली समाचार बाहिर विरलै हुन्छन् । केहि दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कार्टनु’ संज्ञा दिएर चर्चामा आएका म्याराडोना फेरि एके अभिव्यक्तिले विश्वमा चर्चामा आएका छन् ।नपोलीका भूत पूर्व स्टारले अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमको हालको सेटअपको खरो आलोचना गरेका छन् र भनेका छन् कि, ‘लिओनल मेस्सीलाई छोडेर टिमले आफ्नो प्रतिष्ठा गुमाइसक्यो ।’ आफ्नै देशको फुटवल टिमप्रति गरिएको यस्तो खरो आलोचनाले म्याराडोना अहिले विश्वभर चर्चामा आएका छन् । राष्ट्रिय टिमको इन्चार्जको रुपमा जर्ज साम्पाओलीको कार्यकालमा टिमले खासै प्रगति गर्न सकेको छैन । मेस्सीको मास्टर क्लासले गर्दा मात्रै टिमले वल्र्डकपका लागि रुसको टिकट पक्का गरेको थियो ।

‘मेस्सी बाहेक विश्वले अर्जेन्टिनाका लागि सम्मान गुमाइसकेको छ,’ डाइरिओ पपुलरका लागि दिएको अन्तरवार्तामा म्याराडोनाले भनेका छन्, ‘अहिले हाम्रो टिमसँग कोही पनि डराउँदैन ।’ उनले थप भनेका छन्, ‘नाइजेरियाविरुद्धको अघिल्लो म्याचमा हामीले झण्डै आठ गोल खायौं ।’ फरवार्डका लागि प्रशिक्षक साम्पाओलीको छनोट उनको कार्यकालमै सबैभन्दा गलत रहेको म्याराडोनाले टिप्पणी गरेका छन् ।

उनले भने, ‘विश्वकपका लागि माउरो इकाडीमा भर पर्नु उदेकलाग्दो कुरा हो । जबकी हिगुइन उनीभन्दा १० गुणा राम्रा छन् ।’ म्याराडोनाले यतिसम्म भने, ‘त्यो केटो (साम्पाओली) लाई केही पनि थाहा छैन । उसलाई आफ्नो साथीको घरमा के खान गइरहेको छु भन्ने मात्र थाहा छ ।’ म्याराडोना एन्डालुसीयामा रहँदादेखि नै सेभिल्लाका पूर्व प्रशिक्षकसँग सम्वन्ध राम्रो नभएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्