बार्सिलोना इतिहास कोर्ने बाटोमा – एल क्लासिको

काठमाडौं, / च्याम्पियन बार्सिलोनासँग र रियल मड्रिडले बराबरी खेलेको छ, आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेेलेका हुन् । ग्यारेथ बेलको गोलको मदतमा बार्सिलोनासँग बराबरी खेलेको छ । तर, बार्सिलोनाले यो बराबरीसँग ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल बाँकी छ ।

फाइल तस्बिर

बार्सिलोनाको नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १० औं मिनेटमा नै लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन ।
चार मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए पाछी, १० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफको ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे लगतै ७२ औं मिनेटमा बेलले बराबरी गोल गरे ।

फाइल तस्बिर

यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजितको रेकर्ड बनाउनेछ ।
अझै चिरप्रतिद्वन्द्वी रियलभन्दा १५ अंकले अगाडि छ । साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो ।


प्रतिक्रिया दिनुहोस्