यसरी हुन्छ प्राचिन मुर्तिको अवैध कारोवार : ६ बर्षमा ४६ मुर्ति हराए

काठमाडौँ,२४ बैशाख । पुरातात्विक महत्वका प्राचीन मुर्ति विदेशी नागरिकलाई कारोडौं रुपैयाँमा विक्री गर्ने गरेको पाइएको छ ।नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोवार हुँदै आएको प्रहरी अनुन्धानबाट खुलेको छ ।

दरबारमार्गस्थित एउटा पसलका सञ्चालक प्राचीन मुर्तिका साथै बहुमुल्य प्राचीन वस्तुको अवैध कारोवार गर्दै आएको अवस्थामा पक्राउ परेपछि अनुसन्धान गर्दा यस्ता मुर्तिको कारोडौंमा कारोवार हुने गरेको
भेटिएको केन्द्रीय अनुसन्धान क्युरियो आर्ट नामक पसलबाट नौ सय बर्ष पुराना मुर्ति बरामद गरी तीन सञ्चालकलाई पक्राउ गरेपछि यस्तो कारोवारबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।

विगत ६ बर्षको अवधिमा पुरातात्विक महत्वका ४६ भन्दा बढी बहुमुल्य मुर्ति तथा शिलालेख चोरी भएका छन् । २०६८ सालयताको अवधिमा देशभरका मठमन्दिर तथा गुम्बा र विहारबाट ४६ मुर्तिसहित प्राचीन शिलालेख हराएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्