चितवनमा हावाहुरीले दुई जनाको मृत्यु

चितवन, २४ वैशाख । चितवनमा हावा हुरीका कारण दुई जनाको मृत्यु भएको छ । आईतबार साँझ चलेको हावाहुरीका कारण इच्छाकामना गाउँपालिका–७ चिसोपानी भन्ने स्थानमा काठ कटानमा टेण्ट टाँगेर बसेको बेला चलेको ठूलो हावाहुरीका कारण रुख ढलेर किच्दा स्थानीय एक जनाको घटनास्थलमै ज्यान गएको हो ।सो घटनामा परी दुई जना घाईते समेत भएका छन् ।

रुखले किच्दा इच्छाकामना–७ चिसोपानी बस्ने वर्ष ४०र४१ कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीसंगै रहेका स्थानीय वर्ष २४ शिव गुरुङ र वर्ष २४ का शिव थापा मगर घाईते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै हावाहुरीकै कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको ज्यान गएको छ । घाँस दाउरा लिन गएकी स्थानीय वर्ष ४१ की सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबीच चितवनमा आईतबार साँझ आएको भिषण हावाहुरी र असिना पानीले केरा खेतीमा करौडोको क्षति पुगेको छ ।

पूर्वी चितवनमा लगाईएको झण्डै दुई हजार विघा क्षेत्रफलको केरा खेती पूर्ण रुपमा नष्ट भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी चितवनका ९० प्रतिशत भन्दा बढि केरा नष्ट भई करौडो मूल्यको क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्