बार्सिलोनाको गोल वर्षामा स्वारेजको ह्याट्रिक, मेस्सीको दुई गोल

एजेन्सी

स्पेनिस ला लिगा लिडर बार्सिलोनाले शनिबार गोल वर्षा गरेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ६(१ को गोल अन्तरमा जित हात पारेको हो।

बार्सिलोनालाई जिताउन लुइस स्वारेजले ह्याट्रिक गरे। यस्तै लियोनल मेसीले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे। जिरोनाका लागि पोर्चुगुएज मानजानेराले एक गोल गरे।

खेलको तेस्रो निमेटमै मानजानेराले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमै चार गोल गरेको बार्साका लागि पाँचौँ मिनेटमा स्वारेजले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याए। मेस्सीले ३० र ३६ औँ मिनेटमा गरी दुई गोल गरे।

स्वारेजले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ४(१ को अग्रता लियो।

दोस्रो हाफमा दुई गोल थपेको उसका लागि ६६ औँ मिनेमा कोन्टिन्होले गोल गर्दै अग्रता ५(१ मा पुर्‍याए। ७६ औँ मिनेटमा स्वारेजले ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ६(१ ले विजयी भयो ।

जिरोनामाथिको प्रभावशाली जितपछि शीर्ष स्थानको बार्सिलोनाको २५ खेलबाट ६५ अंक भएको छ। ऊ तेस्रो स्थानको रियल मड्रिडभन्दा १४ अंकले अघि छ ।


प्रतिक्रिया दिनुहोस्