उत्तर कोरियाली थुनामा रहेका तीन अमेरिकी रिहा

सोल / उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्नसक्ने अनुमान गरिएको थियो । सोही बमोजिम नै उनीहरु रिहा भएका हुन् ।

                                                 फाइल तस्विर

उत्तर कोरियाली सरकारले ती अमेरिकीलाई रिहागर्ने तयारी गरेको थियो । कोरियाली अधिकारीहरूले अमेरिकी विदेशमन्त्रीको भ्रमणपछि छोड्ने जनाएका थिए । बिगत लामो समयदेखि उत्तर कोरिया र अमेरिकाले दुवै तर्फका नागरिकलाई आआफ्नो देशको भ्रमणमा रोक लगाउने गरेको भएपनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमण गर्ने गरेका थिए ।

उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर थुनामा राखेका ती अमेरिकीलाई जेलमै राखेको थियो । पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार आउन थालेपछि भने ती अमेरिकी छुट्ने अपेक्षा गरिएको थियो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्