पुष्पलाल स्मृति ब्याडमिन्टनः श्रेष्ठ, धामी र तामाङ अघिल्लो चरणमा

इटहरी / सातौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फको एकल प्रतिष्पर्धाबाट नेपाली सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठ तथा भोजपुरका विकास श्रेष्ठ र सशस्त्र प्रहरीका दीपेश धामी अघिल्लो चरण प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजनामा यहाँ सञ्चालित प्रतियोगितामा आजै भएको १९ वर्षमुनिको उमेर समूहको खेलमा एकल प्रतिष्पर्धामा जिष्ट ब्याटमिन्टन क्लबका सुनिल जोशी, सेनाका मुकेश महर्जन र प्रफुल्ल महर्जन तथा सुनसरीका प्रनिशसिंह ठकुरी अघिल्लो चरण प्रवेश गरेका छन् ।

त्यस्तै महिलाको अर्को एकल भिडन्तमा भोजपुरकी सीता राई, सशस्त्रकी शोभा गौचन तथा सेनाका अनुमाया राई र अमिता गिरीले पनि आफ्ना प्रतिष्पर्धीलाई पराजित गरी अघिल्लो चरण प्रवेश गरेका छन् । प्रतियोगितामा मुलुकभरका चार सय खेलाडी सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस्