मोदी आगमनको कारण यातायात ब्याबस्था कार्यालय समेत सुनसान

तस्विरः बि.पि. साम्याङखाम

काठमाण्डौ, २८ बैशाख / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज जनकपु्र आईपुगेका छन् ।

जनकपुरबाट हेलिकप्टरमा करिब १:३० बजे अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । मोदीको भ्रमणका कारण राजधानीका केही मुख्य सडक खण्डहरु लगायत यातायात ब्याबस्था कार्यालय समेत प्रभावित भएको छ । सार्बजनिक बिदा बाहेकका दिनहरुमा सेवाग्राहीले खचाखच भरिने यातायात ब्याबस्था कार्यालय बागमतीमा आज शुक्रबार बिहान देखि नै सेवा ठप्प भएको छ ।

तस्विरः बि.पि. साम्याङखाम

हिजो सम्म जानकार बिहिन सेवाग्राहीहरु लिखित परिक्षाको तयारीका साथ यातायात ब्याबस्था  कार्यालय एकान्तकुना पुगेर निराशकासाथ पुनःघर पर्केका छन् । मोदी भ्रमण अवधिभर सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकोले सुरक्षाकर्मी अभावका कारण एक दिनको लागी कार्यालय बन्द गर्नु परेको यातायात ब्याबस्था कार्यालयका एक कर्मचारिले बताएका छन् ।

तस्विरः बि.पि. साम्याङखाम

प्रतिक्रिया दिनुहोस्