साँघुरो बन्दै विमानस्थल

चितवन / चितवनमा रहेको भरतपुर विमानस्थल साँघुरो बन्दै गएको छ । बढ्दो शहरीकरण, हवाईचाप वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दै गएको हो ।

तत्कालिन हवाई सेवा विभागअन्तरगतको भरतपुर हवाई कार्यालयका रुपमा २०१८ सालदेखि सेवा सुरु भएको विमानस्थलमा पछिल्लो समय हवाई चाप बढ्दै गएको छ । विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएको थियो तर क्षमता विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन ।

विमानस्थल नजिकै रहेको सेनाको घोडा फाराम रहेको क्षेत्र माग गरिएको भए पनि सेनाले अनुमति नदिएको नागरिक उड्यन कार्यालय भरतपुरका प्रमुख पवन गौतमले बताए । २०७२ सालमा पत्र पठाइएको जानकारी दिँदै उनले सेनाले तत्कालै हुन नसक्ने जानकारी गराएको बताए ।, आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्