संखुवासभामा चट्याङ, एक घर जलेर नष्ट

रासस

१४ फागुन, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भैंसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन । अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण नआएको स्थानीय सिहेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शुरबहादुर राईले जानकारी दिए ।

अहिले सो आगो नियन्त्रणमा आएको छ ।


प्रतिक्रिया दिनुहोस्